१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o७:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कपिलवस्तुमा भारतीय सहयोगमा विद्यालय भवन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:२६:oo

भारतीय सहयोगमा कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–९ स्थित शिवभरी माध्यामिक विद्यालय र जानकी उच्च माध्यमिक विद्यालय भवन निर्माण भएको छ । भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले विद्यालय भवन उद्घाटन गरेका छन् । भारत सरकारको आर्थिक सहयोग नेरु. ५ करोड ९२ लाख लागतमा यी परियोजना निर्माण भएको भारतीय राजदुताबासले जनाएको छ । भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सवको एक हिस्साको रुपमा परियोजना उद्घाटन भएका हुन् । 

शिवभरी माध्यमिक विद्यालय र जानकी उच्च माध्यमिक विद्यालय कपिलवस्तु जिल्लाकै सबैभन्दा पुराना विद्यालय हुन् जहाँ क्रमशः सात सय र एक हजार तीन सयभन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । 

भारतीय राजदुताबासका अनुसार सन् २००३ यता भारतले नेपालमा पाँच सय २७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा चार सय ७० वटा परियोजना सम्पन्न भइसकेका छन् । तीमध्ये कपिलवस्तु जिल्लाका पाँच गरी लुम्बिनी प्रदेशमा ६० वटा रहेका छन् । 
 

ad
ad