मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार २२ बुधबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार २२ बुधबार १८:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दुईजनामा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बिए फाइभ’ पुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार २२ बुधबार १८:१८:oo

नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति भेटिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको परीक्षणका क्रममा कोरोनाको नयाँ भेरियन्ट मानिएको ओमिक्रोनको पनि नयाँ उपप्रजाति पुष्टि भएको हो।

प्रयोगशालाका अनुसार जिन सिक्वेन्सिङमार्फत परीक्षण गर्दा दुईवटा नमुनामा ओमिक्रोनको ‘बिए फाइभ’ भाइरस पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भारत र नेपालको सीमानाका तथा प्रयोगशालाबाट आएका ३२ वटा नमुना स्वाबलाई  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो।