माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलिलाई सरेको छ । आज १ बजेलाई तय भएको केन्द्रीय समितिको बैठक भोलि बिहीबार बिहान ११ बजे बस्ने भएको हो ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लका अनुसार नेताहरू संसद् बैठकमा सहभागी बन्नुपर्ने भएकाले बैठक भोलिलाई सारिएको हो ।