१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार ११:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नियमित विद्युत् आपूर्ति नहुँदा चितवनका उद्योग व्यवसाय समस्यामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:३८:oo

नियमित रूपमा विद्युत् आपूर्ति नहुँदा जिल्लाका उद्योग व्यवसाय समस्यामा परेका छन् । दैनिक पटक–पटक विद्युत् जाने–आउने समस्याका कारण उद्योग व्यवसाय मात्रै होइन, सर्वसाधारणले सास्ती भोग्दै आएका हुन् ।  

भरतपुर वितरण केन्द्रले विनासूचना विद्युत् आपूर्ति कटौती गर्दा इन्भर्टर र जेनेरेटर हटाएका उद्योग र सर्वसाधारणले धमाधम पुनः जडान गरेका छन् । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रको लापरबाहीले समस्या आएको धेरैको गुनासो छ ।  

उद्योग संघ चितवनका प्रतिनिधिले केही दिनअघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई समस्याबारे अवगत गराएका थिए । उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले उद्योग चलाउनै नसक्ने अवस्थामा पुगेको बताए ।

डिजेलको मूल्य अत्यधिक बढेकाले जेनेरेटर चलाउने अवस्था नभएको भन्दै उनले दिनभर मजदुरलाई त्यसै पालेर राख्नुपर्ने अवस्था सिर्जना भएको गुनासो गर्दै उनले भने, ‘विद्युत् समस्याका कारण उद्योग संकटमा पुगेका छन् । उपकरण जलेर ठूलो क्षति व्यहोर्नुपरेको छ ।’   

उद्योगी व्यवसायीका समस्या प्राधिकरणले नसुनेको उनको भनाइ छ । कतिपय उद्योगमा बीचबीचमा विद्युत् जाने समस्याले कच्चा पदार्थसमेत नष्ट हुने गरेको उनले जानकारी दिए । आर्थिक चलायमान कम भइरहेको समयमा उद्योग नियमित सञ्चालन गर्न नपाउँदा बैंककाे किस्ता र ब्याज बुझाउनसमेत कठिन अवस्था आएको उनले बताए ।

जनजीवन प्रभावित

उद्योगका अतिरिक्त सर्वसाधारणसमेत विद्युतका कारण हैरान भएका छन् । सानातिना व्यवसाय गर्नेहरू इन्भर्टर राख्नुपर्ने बाध्यतामा पुगेका छन् । यसैगरी विद्यार्थीसमेत अघोषित लोडसेडिङबाट निकै प्रभावित भएका छन् ।

चितवनजस्तो गर्मी हुने ठाउँमा पटक–पटक विद्युत् आपूर्ति बन्द हुँदा जनजीवन प्रभावित बनेको छ । विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहले निर्माणका काम र विद्युत् स्तरोन्नतिको काम भइरहेकाले समय–समयमा विद्युत् अवरोध भएको जानकारी दिए । 
 

ad
ad