१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ असार २१ मंगलबार ०९:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पहिराेले मध्यपहाडी लोकमार्ग अवरुद्ध

Read Time : < 1 मिनेट
२०७९ असार २१ मंगलबार ०९:०९:००

वर्षासँगै खसेको पहिराेका कारण मध्यपहाडी लोकमार्गको बाग्लुङ–घोडाबाँधे खण्ड गएरातिदेखि अवरुद्ध भएको छ । बाग्लुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमानानजिकै बोक्सेको खाल्टोमा पहिरो खसेका कारण सो सडकखण्ड अवरुद्ध भएको हो । 

सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन बाटोमै थन्किएका छन् भने यात्रुले सास्ती व्यहोरिरहेका छन् । पहिराेसँगै ठूला–ठूला रूख सडकमा खसेकाले सडक खुलाउन कठिन भइरहेको छ । आज बिहानैदेखि सडक खुलाउने प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए। यो सडक अवरुद्ध हुँदा जिल्लाको पश्चिम क्षेत्रका सातवटा स्थानीय तहमा सडक सम्पर्क टुटेको छ भने लोकमार्गको बाटो भएर रुकुम, रोल्पालगायतका जिल्लाका लागि हिँडेका सवारी बाटोमै रोकिएका छन् ।

त्यस्तै, जिल्लाको दक्षिण क्षेत्र जोड्ने बाग्लुङ–कुश्मीशेरा सडक पनि पहिराेका कारण अवरुद्ध भएको रानाले जानकारी दिए ।  बाग्लुङ नगरपालिका– १० दव्ल्याङमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो । बाग्लुङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरी र सम्बन्धित कार्यालयको पहलमा सडक सञ्चालन गर्ने प्रयास भइरहेको छ ।