१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १४:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कमिसनको चक्करमा लागेर सरकारले मल ल्याउन सकेन : सांसद श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:३o:oo

एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले कमिसनको चक्करमा लागेर सरकारले रासायनिक मल ल्याउन नसकेको आरोप लगाएका छन् । सोमबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण विदेशबाट रासायनिक मल ल्याउन नसकेको बताएका हुन् । मल र बिउ समयमै ल्याउँदा उत्पादन वृद्धि हुने र नेपाल आत्मनिर्भर हुने उल्लेख गर्दै उनले विदेशको कृषिजन्य उपज प्रतिस्थापन हुने भएकाले सरकारले त्यसो गर्न नचाहेको बताए । 

‘कमिसनको चक्करमा सरकार फसेको छ । नेपालमा धान उत्पादनको निम्ति मल, बिउ समयमै ल्याएपछि त नेपाली जनताको उत्पादन वृद्धि हुन्छ र नेपाली जनता आफैँमा आत्मनिर्भर हुन्छन् । त्यसप्रति विदेशबाट आउने चामल मित्रराष्ट्र होस् वा बाहिर देशबाट आउने त्यस्ता खालका कृषिजन्य उपजहरू नेपालमा त्यसै पनि आयातमा प्रतिस्थापन हुन्छन् । तर, नेपालमा त्यो गर्न चाहिँदैन,’ उनले भने, ‘कमिसनको चक्करमा मन्त्रीज्यूहरू डुबेर आउने गर्नुहुन्छ र यहाँ ढाँटेर सदनमा प्रस्तुत गर्नुहुन्छ कि नेपालमा जति चाह्यो त्यति मल आउँछ, अब तपाईंहरू ढुक्क हुनुस् ।’

ad
ad