१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १६ बिहीबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १६ बिहीबार १९:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसको निर्वाचन समीक्षा– एक्लै लड्दा पनि कांग्रेस कमजोर देखिएन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १६ बिहीबार १९:१२:oo

नेपाली कांग्रेसले एक्लै निर्वाचनमा जाँदा पनि कांग्रेस कमजोर नदेखिएको प्रतिवेदन तयार गरेको छ । उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको निर्वाचन केन्द्रीय परिचालन समितिले यस्तो प्रतिवेदन तयार गरको  हो ।

आज बसेको नेपाली कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समितिले ‘स्थानीय तह निर्वाचन– २०७९’ को समीक्षा गरी प्रतिवेदन पारित गरेको हो । ‘आँकडाले कांग्रेस एक्लै निर्वाचनमा जाँदा पनि कमजोर देखिएको छैन । तर, गठबन्धन गरेर जाँदा अझ बढी सफलता प्राप्त गर्न सम्भव भएको निर्वाचन परिणामले देखाएको छ,’ प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा कांग्रेस र गठबन्धनकै कारण कतिपय स्थानीय तहमा जित हासिल हुन सक्ने स्थानमा पनि जित हासिल हुन नसकेको निष्कर्ष निकालिएको छ ।