मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ असार १६ बिहीबार १६:२२:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक ७४.९३ अंकले वृद्धि

Read Time : < 1 मिनेट
२०७९ असार १६ बिहीबार १६:२२:००

सेयर बजार मापक नेप्सेमा बिहीबार हरियाली छाएको छ। बुधबार ४१.३९ अंकले बढेको नेप्से परिसूचक बिहीबार ७४.९३ अंकले बढेर दुई हजार ३७.६४ बिन्दुमा पुगेको हो।

हाल सेन्सेटिभ इन्डेक्स १२.६३ अंक बढेको छ भने फ्लोट इन्डेक्स ५.२२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ४.७१ अंकले बढेको छ। बिहीबार कारोबारमा आएका दुई सय २७ कम्पनीको ७२ लाख ५४ हजार कित्ता सेयर दुई अर्ब ४५ करोड ८६ लाख १९ हजार रुपैयाँबराबरको खरिद–बिक्री भएको छ। नेप्सेसँगै बिहीबार कारोबार रकम पनि बढेको छ। 

नेप्सेका १३ उपसमूहको परिसूचक सबैमा बिहीबार हरियाली छाएको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी ७.३१ प्रतिशत बढेको छ भने विकास बैंक र वित्त उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी बढेको छ। उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक ५ प्रतिशत, होटेल तथा पर्यटन, जलविद्युत्, लघुवित्त र निर्जीवन बिमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।

नेप्सेसँगै कारोबारमा आएका ६ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा नेपाल फाइनान्स, मैलुङ खोला जलविद्युत् कम्पनी, न्यादी हाइड्रोपावर, आँधीखोला लघुवित्त, सिवाइसी लघुवित्त र सूर्योदय लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। 

कर्पोरेट डेभलपमेन्ट बैंक, शिवम सिमेन्ट्स, हाइड्रोपावर, नेपाल पुनर्बिमा कम्पनी, पाँचथर पावर कम्पनी र सेन्ट्रल फाइनान्सको सेयरमूल्य नाै प्रतिशतभन्दा धेरै बढेको छ। यता वरुण हाइड्रोपावर र गुराँस लघुवित्तको सेयरमूल्य भने घटेको छ। कारोबार रकमका आधारमा नाै करोड ९५ लाख २० हजार रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएकाे शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ।