राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले पुनः नेकपा एकतामा जोड दिएका छन् । बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका गौतमले एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पुनः एकताका लागि पहल गर्न प्रस्ताव गरे ।
उनले कम्युनिस्टहरू एक हुनुको विकल्प नभएको भन्दै एक हुन आह्वान गरे । बिहान ११ बजे बालकोट पुगेका गौतम र ओलीबीच एक घन्टा वार्ता भएको जनाइएको छ ।