मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार १६ बिहीबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १६ बिहीबार o७:१६:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एपिएफ र पुलिस लगातार विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १६ बिहीबार o७:१६:oo

विभागीय टोलीद्वय नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले बागमती प्रदेश न्यू डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेका छन् ।

बुधबार भएको खेलमा एपिएफले आयोजक न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सहज सेटमा पाखा लगायो । पुलिसले परोपकार आदर्श माध्यमिक विद्यालयलाई समान ३–० को सोझो सेटमा हरायो ।

पुलिसले अर्को खेलमा परोपकारमाथि २५–६, २५–६ र २५–११ को सोझो सेटमा जित निकाल्दै लगातार दोस्रो जित दर्ता गरेको हो । लगातार दोस्रो जितसँगै समान ६ अंक जोडेको एपिएफ र पुलिस राउन्ड रोबिन लिगको एक खेल बाँकी छँदै फाइनल पुगेको छ ।

यी दुई टोली (एपिएफ र पुलिस)बीच राउन्ड रोबिन लिगमा शीर्षस्थानका लागि प्रतिस्पर्धा हुनेछ । डायमन्ड र परोपकारले अंकको बटुलेका छैनन् ।