मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ८ बुधबार १६:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मन्त्री हेरफेरसम्बन्धी निर्णय तत्काल कार्यान्वयन हुनुपर्छ : खनाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ८ बुधबार १६:१०:००

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले मन्त्री हेरफेरसम्बन्धी निर्णय तत्काल कार्यान्वयन हुनुपर्ने बताएका छन्। पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूको टिम बदल्ने पार्टी निर्णयलाई बेवास्ता गरेकाले पार्टी केन्द्रीय सचिवालयको बुधबारको बैठकले तत्काल कार्यान्वयन गराउन लगाउने निर्णय भएको खनालले बताए।

‘आज सचिवालयको बैठक बसेको थियो, तुरुन्तै पोलिटब्युरोको बैठक, केन्द्रीय समितिको बैठक, केन्द्रीय परिषद्को बैठकको तयारीको विषयका छलफल गर्‍यौँ,’ समाजवादी प्रेस संगठन काठमाडौंद्वारा बुधबार आयोजित कार्यक्रममा खनालले भने, ‘यसबाहेक मन्त्रिमण्डलमा हाम्रो टिमलाई बदल्ने भनेर निर्णय गरेका छौँ । त्यो निर्णयलाई सरकारले अहिलेसम्म किन कार्यान्वयन गरेका छैन ? तुरुन्तै कार्यान्वयन गर्नुपर्‍यो भनेर निर्णय भएको छ।’

मन्त्रिपरिषद् हेरफेरलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीनिवास बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी छन्।