१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ७ मंगलबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार ७ मंगलबार o९:o४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एसिसी महिला टी–२० च्याम्पियनसिप  : नेपाल र हङकङ भिड्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार ७ मंगलबार o९:o४:oo

मलेसियामा जारी एसिसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दै छ । चौथो खेलमा मंगलबार किनरारा ओभलमा नेपालले हङकङको सामना गर्न लागेको हो । नेपाल र हङकङबीचको खेल दिउँसो १२ बजेबाट सुरु हुनेछ ।

नेपाल हङकङलाई हराएर लगातार चौथो जित निकालेर समूह विजेता बन्ने दाउमा छ । समूह ‘बी’मा रहेको नेपाल तीन खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा छ । २ खेलमा चार अंक जोडेर हङकङ दोस्रो स्थानमा रहेको छ । यसअघि नेपालले भुटानलाई ५०, कुवेतलाई २५ रन र बहराइनलाई आठ विकेटले पराजित गरेको थियो ।