१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार १ बुधबार १३:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्वतन्त्र चुनावी सरकार गठन गर्न लिङ्देनको प्रस्ताव 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार १ बुधबार १३:२२:००

आगामी प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन तत्काल स्वतन्त्र चुनावी सरकार गठन गर्न माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले स्वतन्त्र चुनावी सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले आगामी प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन तत्काल स्वतन्त्र चुनावी सरकार गठन गर्न माग गरेका हुन्। 

केही समयमा सो निर्वाचनको मिति घोषणा हुने भएकाले प्रजातन्त्रप्रति विश्वास छ भने, निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामाथि विश्वास छ भने वर्तमान सरकार स्वतन्त्र चुनावी सरकार गठन गर्न सहमत हुनुपर्ने उनको भनाइ थियो। 

अध्यक्ष लिङ्देनले भने, ‘हामी आफ्नो कार्यकालको अन्तिम अधिवेशनमा छौँ । यो सरकारलाई प्रजातन्त्रप्रति, स्वतन्त्रताप्रति, निष्पक्षताप्रति विश्वास छ भने अब केही समयमा आमनिर्वाचनको मिति घोषणा हुँदै छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट म माग गर्न चाहन्छु– निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन स्वतन्त्र चुनावी सरकारको गठन होस् ।’

अध्यक्ष लिङ्देनले राष्ट्रियतालाई फेरि पनि संकटमा पार्ने गरी अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिसी) ल्याएको भन्दै तत्काल रोक्न पनि सरकारलाई  सचेत गराएका छन् ।