एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। स्थानीय तह निर्वाचनको समीक्षाका लागि ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो।
बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, स्थानीय तहका जनप्रतिनिधिका लागि प्रशिक्षण, केन्द्रीय विभागहरूको पूर्णता र समसामयिक राजनीतिक परिस्थितिका एजेन्डामा छलफल हुने बताइएको छ।