मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ जेठ २९ आइतबार १९:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रसुवामा पहिरोसम्बन्धी कृत्रिम घटना अभ्यास

Read Time : < 1 मिनेट
२०७९ जेठ २९ आइतबार १९:३२:००

रसुवामा पहिरोसम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ । रसुवा जिल्ला पहिरोको उच्च जोखिममा रहेकोले पहिरोसम्बन्धी कृत्रिम अभ्यास गरिएको हो । 

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका - ६ नागुङको पहिरो गएको क्षेत्रमा आइतबार संयुक्त सुरक्षा फौजले पहिरोपीडित उद्धार तालिम तथा अभ्यास मनसुन–२ सञ्चालन गरेको नेपाली सेनाको विष्णुदल गणका गणपती नरेश केसीले जानकारी दिए । 

नेपाली सेनाको संयोजकत्वमा जिल्ला विपद् व्यवस्थापन समिति र अन्य सरोकारवाला निकायसँग मिलेर यो अभ्यास सञ्चालन गरिएको जनाइएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा अभ्यास गरेर देखाएका थिए । 

विपद्को दृष्टिकोणले संवेदनशील देखिएका स्थानहरूमा वर्षायाममा हुन सक्ने पहिरोबारे खबर संकलन गरी अभ्यास सञ्चालन गर्ने र प्रभावकारी रूपमा परिचालित भई जनधनको क्षति न्यूनीकरण गर्नका लागि अभ्यास सञ्चालन गरिएको केसीले बताए । 

कार्यक्रममा पहिरोसम्बन्धी जानकारी दिनुका साथै पहिरोमा परी साधारण घाइते भएका व्यक्तिलाई डोरी, जुमर, क्याराबिनर र ल्याडरको सहायताले उद्धार गरी सुरक्षित स्थानमा लैजाने कार्य गरिएको छ । यसैगरी पहिरोमा पुरिएका पीडित व्यक्तिको खोजतलास तथा शवलाई डोरी, जुमर र स्टेचरको सहायताले सुरक्षित स्थानमा लगिने अभ्यास गरिएको छ । 

वर्षायाम सुरु भएसँगै जिल्लामा पहिरोको घटना हुने गरेको छ । जसले गर्दा बर्सेनि जनधनको ठूलो क्षति गर्ने गरेको छ। जिल्लाको पाँचवटै स्थानीय तह पहिरोको उच्च जोखिममा रहेको छ । विपदबाट घटना हुन नदिन जिल्लामा हरेक वर्ष पूर्वतयारी र न्यूनीकरणसम्बन्धी कार्ययोजना निर्माण गर्ने गरिएको छ ।