१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २९ आइतबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २९ आइतबार १४:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

फोहोर व्यवस्थापनमा मेयर बालेन र मन्त्री झाँक्रीको पहल प्रशंसनीय : महामन्त्री थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २९ आइतबार १४:१४:oo

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फोहोर व्यवस्थापनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र सहरी विकासमन्त्री रामकुमारी  झाँक्रीको पहल प्रंशसनीय रहेको बताएका छन्। काठमाडौंको फोहोर उठ्न थालेपछि महामन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत उनीहरूको प्रशंसा गरेका हुन्।

‘काठमाडौंबाट फोहोर उठ्न थाले। यसका निम्ति काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको निरन्तरको पहलकदमी प्रशंसनीय छ। अब फेरि फोहोरको यस्तै संकट आउन नदिन केही काम तत्काल र तदारुकताका साथ गर्नुपर्नेछ,’ उनले लेखेका छन्।

काठमाडौंको फोहोर व्यवस्थापनका लागि हालसम्म सिसडोल र बन्चरेडाँडाका स्थानीयसँग एक सय ७५ पटक सम्झौता भए पनि कार्यान्वयन नभएको स्मरण गराउँदै उनले अब भने तोकिएकै समयमा कार्यान्वयन गर्नुपर्नेमा सचेत गराएका छन्।