१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २९ आइतबार
  • Saturday, 10 May, 2025
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २९ आइतबार १२:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीको अमेरिका भ्रमणकाे उद्देश्य स्पष्ट पार्न एमाले सांसद ज्ञवालीको माग (भिडियाेसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २९ आइतबार १२:५८:oo

एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे संसदमा जानकारी गराउन माग गरेका छन्। प्रधानमन्त्रीको भ्रमण राजकीय, सदभावना अथवा व्यापारिक कुन प्रकारको हो सो विषय संसदमा जानकारी गराउन उनले माग गरेका हुन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा समय माग गरी बोल्दै सांसद ज्ञवालीले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको सम्बन्धमा सत्तारुढ गठबन्धनका दलले समेत प्रश्न उठाइरहेको उल्लेख गर्दै यस सम्बन्धमा जानकारी मागेका हुन्। सरकारले गम्भीर विषयहरूमा समेत प्रमुख प्रतिपक्ष दलसँग परामर्श तथा सुझाव लिन र राष्ट्रिय समझदारी बनाउन छाडेकाे उनकाे आरोप छ।

‘सत्तापक्षको एउटा घटकको प्रमुख सचेतकले प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गरियोस् भन्ने तहसम्म प्रश्न उठाउने विषय सामान्य विषय होइन। सत्तागठबन्धनमा रहेको असझदारी र विवाद मात्रै हो भनेर बुझ्ने या यो भ्रमणसँग जोडिएका केही अत्यन्त महत्वपूर्ण विषयहरू छन् जससँग सत्ता घटकहरूबीच छलफल चलिरहेको छ र त्यो विषयलाई उठाउनुपर्ने आवश्यकता प्रमुख सचेतकले बोध गर्नुभयो। यो विषयमा सदन अनुत्तरित रहनुहुँदैन भन्ने मलाई लाग्छ । सम्माननीय प्रधानमन्त्रीज्यूको तर्फबाट यस विषयमा सदनलाई अविलम्ब जानकारी गराउनु आवश्यक छ भन्ने कुरा म अनुरोध गर्न चाहन्छु,’ उनले भने।

ज्ञवालीले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण प्रधानमन्त्रीको हैसियतमा वा रक्षामन्त्रीको हैसियतमा हुन लागेको हो भन्ने पनि स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराएका छन्।