Skip This
विद्यार्थीलाई साहसिक गतिविधि सिकाएर मनाइँदै गोदावरीस्तरीय स्काउट शिविर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २९ आइतबार
  • Thursday, 19 September, 2024
२o७९ जेठ २९ आइतबार ११:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्यार्थीलाई साहसिक गतिविधि सिकाएर मनाइँदै गोदावरीस्तरीय स्काउट शिविर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २९ आइतबार ११:२६:oo

विद्यार्थीलाई साहसिक गतिविधि सिकाउने उद्देश्यसहित ललितपुरको गोदावरी नगरपालिकाले तीनदिने स्काउट शिविर तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। शुक्रबारदेखि सुरु भएको स्काउट शिविर कार्यक्रममा नगरभित्र रहेका सामुदायिक विद्यालयका दुई सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको छ। 

स्थानीय तहमा स्काउटको अधिकार प्रत्यायोजन भएसँगै पहिलोपल्ट गोदावरी नगरपालिकाले उक्त शिविर आयोजना गरेको हो। हाल गोदावरीमा स्काउटले आफ्नो कार्यालय पनि स्थापना गरिसकेको छ। स्काउटका गतिविधिमा विद्यार्थीलाई अभ्यस्त गराएर आपतकालीन अवस्थामा चाहिने जनशक्ति तयार पार्न शिविर आयोजना गरिएको नगरपालिकाका मेयर गजेन्द्र महर्जनले जानकारी दिए।

उनका अनुसार सामुदायिक विद्यालयलाई लक्षित गरेर पहिलोपटक नगरपालिकाले उक्त शिविर आयोजना गरेको हो। शिविरमा कक्षा १० सम्म पढ्ने विद्यार्थीको सहभागिता रहेको छ।  शिविरमा सहभागी विद्यार्थीलाई स्काउटसम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञानसहित साहसिक गतिविधिबारे प्रशिक्षण आयोजना गरिएको स्काउटका नगर संयोजक दीपक अर्यालले जानकारी दिए।

उनका अनुसार तालिमको पहिलो दिन विद्यार्थीलाई रोभर रेन्जरसँगसँगै स्काउट मास्टरले व्यावहारिक ज्ञान पनि दिएका थिए। दोस्रो दिन थप नयाँ गतिविधिमा अभ्यास गराइएको छ। प्रशिक्षण बिहान १० बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुँदै आएको छ। शिविरको अन्तिम दिन शनिबार सहभागी विद्यार्थीलाई सम्मानपत्र वितरणपछि केही समय हाईकिङमा लगिनेछ।

‘शिविरमा सहभागी स्काउटलाई घर, परिवार, समाज र राष्ट्रप्रतिको जिम्मेवारी बोध हुने गरी प्रशिक्षण दिइरहेका छौँ,’ संयोजक अर्यालले भने, ‘भोलिका दिनमा आपत्-विपत् पर्‍यो भने पनि उद्धारका लागि नयाँ जनशक्ति चाहिन्छ।’ उनका अनुसार तीनदिने प्रशिक्षण तथा शिविरका क्रममा साहसिक गतिविधिहरूमा पनि विद्यार्थीलाई अभ्यास गराइएको छ ।