मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ २५ बुधबार १४:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्त्रीहरूको शपथ भोलिसम्ममा ‘ग्यारेन्टी’ हुन्छ : मेटमणि चौधरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ जेठ २५ बुधबार १४:२५:००

नेकपा (एकीकृत समाजवादी)को तर्फबाट सहरी विकासमन्त्रीमा सिफारिस भएका सांसद मेटमणि चौधरीले बिहीबारसम्ममा मन्त्री पदको शपथग्रहण गरिसक्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकका लागि नयाँ बानेश्वरस्थित संसद् भवनमा पुगेका सांसद चौधरीले सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री पदको शपथग्रहण बिहीबारसम्ममा गरिसक्ने बताएका हुन् । 

सांसद चौधरीले बुधबार (आज) नै शपथग्रहण हुन सक्ने सम्भावना रहेको पनि बताए । उनले जनता समाजवादी पार्टीले पार्टीको आन्तरिक समस्या सम्बोधन गर्नका लागि केही दिन समय मागेका कारण एकीकृत समाजवादीबाट मन्त्रीमा सिफारिस भएकाहरूको शपथग्रहण रोकिएको बताए । पार्टीले गरेको निर्णय कार्यान्वयन हुने उनको भनाइ छ । ‘पार्टीले निर्णय गर्‍याे । निर्णय गरिसकेपछि कार्यान्वयन हुन्छ । तर, आज हामी पाँचदलीय गठबन्धनभित्रकै एउटा दल हो । एउटा पार्टी हो । हामीले शपथग्रहण गर्ने टाइम कन्फर्म गरिराख्दाखेरि जसपाका साथीहरूले केही दिन हामीलाई पनि पार्टीभित्रको आन्तरिक समस्या सम्बोधनको लागि केही समय चाहिन्छ भनेपछि केही दिन ढिला मात्रै भएको हो,’ उनले भने, ‘मन्त्री त सम्भवतः आज, नभए भोलिसम्म फाइनल हुन्छ । आज भएन भने शपथग्रहण भोलि पक्कै हुन्छ ।’
उनले माओवादी केन्द्र र नेपाली कांग्रेसलाई पनि मन्त्री हेरफेर गर्न दबाब रहेको भन्दै सबै पार्टीले एकैपटक शपथ गराउन शपथग्रहण पछि सार्न पार्टी अध्यक्ष माधवकुमार नेपाल पनि सहमत भएको बताए  । ‘माओवादीभित्र पनि प्रेसर छ । कांग्रेसभित्र पनि प्रेसर छ । सबैले एकैपटक गरौँ, दुई दिनभित्र टुंगिन्छ भनेपछि ठीकै छ नि त भनेर हाम्रो अध्यक्षले गर्नुभयो । यसलाई अपरिपक्व निर्णय भन्न मिल्दैन । शपथ सकभर आज, नभए भोलि ग्यारेन्टी हुन्छ ।’