१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २४ मंगलबार
  • Wednesday, 03 July, 2024
२o७९ जेठ २४ मंगलबार o९:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

जमुनाह नाकामा ६ दिनमा सातजना नेपालीमा कोरोना पुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २४ मंगलबार o९:o२:oo

भारतबाट फर्किने नेपालीमा कोरोना संक्रमण देखिएको छ । १५ जेठअघि कोरोना संक्रमित फेला नपरे पनि त्यसयता भारतबाट फर्किने नेपालीमा कोरोना संक्रमण पुष्टि भएको जमुनाह हेल्थ डेस्कका सिनियर ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले जानकारी दिए । 

उनका अनुसार १८–२३ जेठभित्र सातजना नेपालीमा कोरोना पुष्टि भएको छ । उनले १८ जेठमा तीन, २१ जेठमा एक र २३ जेठमा तीनजना नेपालीमा कोरोना पुष्टि भएको बताए । २३ जेठमा संक्रमण पुष्टि भएकामध्ये दैलेख, प्युठान र जाजरकोटका एक–एकजना रहेको ज्ञवालीले बताए । 

एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको ज्ञवालीले बताए । ‘अहिले हामीसँग पर्याप्त जनशक्ति छ, तर विविध कारणले कोरोना परीक्षणको दायरा बढाउन सकिएको छैन,’ उनले भने, ‘अब चाँडै परीक्षणमा तीव्रता दिन्छौँ ।’

पछिल्लो समय भारतमा कोरोना संक्रमण बढ्दै गएको छ । जसका कारण नेपालमा पनि संक्रमणको जोखिम बढ्दै गएको छ । भारतमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि त्यसको जोखिम सीमावर्ती जिल्ला बाँकेमा पनि देखिन थालेको छ । 

ad
ad
ad
ad