१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
मुख्य समाचार डिजिटल संस्करण

सभापतिलाई महामन्त्रीको प्रश्न– बोलेका कुराहरू कहिले पूरा गर्नुहुन्छ ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार १३:१९:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई काम गरेपछि मात्र बोल्न आग्रह गरेका छन्। राजनीतिमा आएदेखि हालसम्म बोलेका कुराहरू कहिले पूरा हुन्छ भनी प्रश्न गर्दै ढकालले सभापतिसँग समयसीमा मागेका छन्।

बुधबार केन्द्रीय समितिमा आफ्ना प्रस्ताव प्रस्तुत गर्न नपाएपछि उनले सञ्चारमाध्यममार्फत नै सार्वजनिक गरेका हुन्। उक्त प्रस्तावमा ढकालले सभापति लामिछाने राजनीतिमा आएपछि बोलेका कुराहरूको रेकर्ड राख्न केन्द्रीय समितिबाट उपसमिति गठन गरी अभिलेखीकरण राख्नसमेत माग गरेका छन्। 

‘सभापतिज्यू, तपाईंले बोलेका सबै कुराको रेकर्ड राखेर उत्तर दिनुपर्‍याे, राजनीतिमा आएपछि बोलेका सबै कुराहरू । यही केन्द्रीय समितिबाट एउटा उपसमिति बनाऔँ, ती बोलीहरूको अभिलेखीकरणका लागि । अरूले बोलेका कुराहरू मलाई मतलब छैन, मलाई तपाईंले बोलेका कुराहरू मतलब छन्। हिजो किन बोल्नुभयो ? बोलेका कुराहरू कहिले पूरा गर्नुहुन्छ, टाइमफ्रेम चाहियो । रिजल्ट चाहियो । र, अनुरोध छ– अबका दिनमा काम गरेपछि मात्र बोल्नुहोला,’ ढकालले भनेका छन्।

ad
ad
ad
ad