१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २१ शनिबार
  • Friday, 28 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २१ शनिबार o७:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

साताभरि नै घट्यो नेप्से : लगानीकर्ता सेयर बिक्री गर्दै बजारबाट बाहिरिँदा कारोबार बढ्याे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २१ शनिबार o७:३८:oo

यस साताभरि नै नेप्से परिसूचक ओरालो लागेको छ । साताको अन्तिम दिन शुक्रबार नेप्से ३३ दशमलव ७६ अंकले घटेर दुई हजार ७८ बिन्दुमा झरेको छ । एक सातामै नेप्से सूचक एक सय ४५ दशमलव शून्य सात अंकले घटेको हो । नेप्से घटेसँगै लगानीकर्ता सेयर बिक्री गर्दै बजारबाट बाहिरिँदा कारोबार रकम भने बढिरहेको छ ।

शुक्रबार कारोबारमा आएका दुई सय २६ कम्पनीहरूको एक अर्ब ३० करोड रुपैयाँबराबरको ३८ लाख ४८ कित्ता सेयर किनबेच भएको छ । यो कारोबार रकम बिहीबारको तुलनामा १७ करोड रुपैयाँले बढी हो । लगातार साता दिनसम्म घटिरहँदा नेप्से सूचक १७ महिनाअघिको बिन्दुआसपासमा आइपुगेको छ । 

शुक्रबार सबैभन्दा धेरै एनआइसी एसिया बैंकको ६ करोड २३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, अपि पावर र नबिल बैंकको सेयर तीन करोडदेखि चार करोड रुपैयाँको बीचमा कारोबार भएको छ । यस दिन कारोबारमा आएका १३ वटै समूहका सूचक घटेका छन् । ट्रेडिङ समूहको दुई दशमलव ५६ प्रतिशत र जीवन बिमा समूहको दुई दशमलव ३४ प्रतिशतले सूचक घटेको छ । यस्तै, वाणिज्य बैंक समूह, विकास बैंक समूह, निर्जीवन बिमा समूह, माइक्रो फाइनान्स समूह, उत्पादनमूलक समूह र लगानीगत समूहको सूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।

शुक्रबार कारोबार भएका कम्पनीमध्ये १७ वटाको सेयर मूल्य बढेको छ भने एक सय ७४ वटा कम्पनीको मूल्य घटेको छ । किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य आठ दशमलव २३ प्रतिशतले घटेको छ भनेसहकार्य लघुवित्त वित्तीय संस्था, प्रोग्रेसिभ फाइनान्स, लिबर्टी इनर्जी कम्पनी र एसियन लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स कम्पनी र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सेयर मूल्य ४ प्रतिशतदेखि चार दशमलव ६५ प्रतिशतसम्मले घटेको छ । उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै, गणपति लघुवित्त वित्तीय संस्था, अजोड इन्स्योरेन्स र हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य १ प्रतिशतदेखि दुई दशमलव ३५ प्रतिशतसम्म बढेको छ ।

ad
ad
ad
ad