१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २० शुक्रबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका हेटाैंडा
२o७९ जेठ २० शुक्रबार २o:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

उद्योग क्षेत्रका मजदुरलाई तालिम दिन आवश्यक छ : मुख्यमन्त्री पाण्डे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, हेटाैंडा
नयाँ पत्रिका
२o७९ जेठ २० शुक्रबार २o:३४:oo

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले उद्योग पाठशालाको स्थापना गर्न उद्योगीलाई आग्रह गरेका छन्।  मुख्यमन्त्री पाण्डेले शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको पाँचौँ प्रदेश सभालाई सम्बोधन गर्दै उनले औद्योगिक क्षेत्रका मजदुरलाई तालिम दिएर मात्र उद्योग क्षेत्रको विकासमा गति पैदा हुने विश्वास व्यक्त गरे। उद्योग पाठशालाको स्थापना गर्न आग्रह गर्दै उनले भने, ‘उद्योग पाठशाला खोल्नु अहिलेको आवश्यकता हो । मजदुरका लागि आवश्यक तालिम सञ्चालन गरेर हामीले दक्ष कामदार उत्पादन गर्न जरुरी छ।’

निजी क्षेत्र र सरकार प्रतिस्पर्धी नभएको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले देशको अर्थतन्त्र बलियो बनाउन सहकार्य जरुरी रहेको बताए । उनले  स्वदेशी उत्पादनको प्रवर्धन गर्न र कृषि क्षेत्रको उत्पादन बढाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्न सदैव तयार रहेको बताउँदै चितवन उद्योग वाणिज्य संघलाई उद्योग पाठशाला खोल्न १० लाख रुपैयाँ सहयोग गरिसकेको जानकारी दिए ।

 मुख्यमन्त्री पाण्डेले संघीय सरकारमातहत रहेका प्रदेशभित्रका चारवटा औद्योगिक क्षेत्रलाई प्रदेशमातहत ल्याउन जरुरी रहेको बताउँदै हेटौँडाको मयुधाप, चितवनमा शक्तिखोर र सिन्धुलीको मरिण नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने तयारी भइरहेको बताए। उनले आगामी आर्थिक वर्षका लागि बजेट बनाउने कार्य जारी रहेको र उक्त बजेटमा उद्योग क्षेत्रको समस्या समाधान गर्ने गरी बजेट ल्याउने उल्लेख गरे । 

 यस्तै, प्रदेश सभामा नेपाल उद्योग वाणिज्य महासंघ नेपालका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्योगको विकास गर्न सके मात्र देशको अर्थतन्त्रमा उल्लेख्य रूपमा सुधार आउने बताए। उनले वर्तमान अवस्थामा भइरहेको तरलता अभावको अन्त्यका लागि वृहत् अध्ययन गर्नुपर्ने उल्लेख गर्दै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा उद्योगी व्यवसायीको धेरै समस्यालाई समाधान गर्न प्रयास गरेको बताए । 

    

ad
ad
ad
ad