मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १९ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ १९ बिहीबार o८:५o:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

इजरायलसँग नेपालले प्रविधिमा सहकार्य गर्न चाहेको छ : सञ्चारमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ १९ बिहीबार o८:५o:oo

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इजरायलसँग नेपालले प्रविधिमा सहकार्य गर्न चाहेको बताएका छन् । नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६२ वर्षका अवसरमा बुधबार सुन्दरीजलस्थित बिपी संग्रहालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

इजरायलले नेपालसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको नेपालका लागि इजरायली राजदूत हानन गोदरले बताए । उनले नेपालसँग इजरायलको द्विपक्षीय र बहुपक्षीय सम्बन्धमध्ये द्विपक्षीय सम्बन्ध उत्कृष्ट रहेको पनि स्मरण गरे ।

पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले इजरायलको स्वतन्त्रता र सार्वभौमसत्तालाई नेपालले सधैँ समर्थन गर्दै आएको बताए । उनले इजरायललाई नेपालले सधैँ समर्थन गर्ने पनि बताए । 

पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले पनि इजरायलको सुरक्षा, सार्वभौमसत्ता र अखण्डताका पक्षमा नेपाल उभिएको बताए । इजरायललाई कुनै आशंका भए नेपाल छलफलका लागि खुला रहेको पनि उनको भनाइ थियो ।

इजरायलका लागि पूर्व नेपाली राजदूत डा. अन्जान शाक्यले नेपालका सातै प्रदेशमा कृषि क्षेत्रमा सहकार्यका लागि सातवटा एक्सलेन्स सेन्टर स्थापना गर्न नेपाल र इजरायलबीच समझदारीपत्रमा हस्ताक्षर भएको स्मरण गरिन् । 

बिपी कोइराला प्रधानमन्त्री हुँदा सन् १९६० जुन १ मा नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । बिपी कोइराला र इजरायली तत्कालीन प्रधानमन्त्री डेभिड बेन गुरियनको प्रयासमा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने नेपाल दक्षिण एसियाको पहिलो मुलुक हो ।