मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ जेठ १७ मंगलबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ १७ मंगलबार १६:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्थानीय निर्वाचनले जनता कांग्रेस जिताउन आतुर छन् भन्ने देखायाे : युवा नेता पौडेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ १७ मंगलबार १६:३४:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जनता कांग्रेसलाई जिताउन आतुर छन् भन्ने कुरा स्थानीय निर्वाचनको मतपरिणामले पुष्टि गरेको बताएका छन्। कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ (ख) विद्यार्थी विभागले मंगलबार आयोजना गरेको सो क्षेत्रअन्तर्गतका नगर र वडाबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा पौडेलले यस्तो बताएका हुन्।

उनले आगामी प्रदेश र संघीय निर्वाचनमा कांग्रेसलाई बलियो रूपमा स्थापित गर्न स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिले राम्रो काम गर्नुपर्नेमा जोड दिएका छन्।

‘स्थानीय निर्वाचनमा पाएको मतबाट जनता कांग्रेसलाई भोट हाल्न आतुर छन् भन्ने देखाएको छ। प्रदेश र संघीय निर्वाचन आउँदै छ, आगामी दिनमा पनि मतदातालाई आकर्षित गर्न सक्नुपर्छ,’ उनले भने, ‘यसका लागि पार्टीले पनि स्पष्ट दृष्टिकोण निर्माण गर्छ। जनजीविकाका मुद्दालाई हाम्रो मुद्दा बनाउन सक्नुपर्छ।’