मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १७ मंगलबार
  • Wednesday, 12 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ जेठ १७ मंगलबार १o:५o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मिथिलाञ्चलमा हर्षोल्लासका साथ मनाइयो वटसावित्री पर्व

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ जेठ १७ मंगलबार १o:५o:oo

विवाहित हिन्दू मैथिल नारीले जनकपुरमा हर्षोल्लासका साथ वरसाइत (वटसावित्री) पर्व मनाएका छन् । श्रीमानको आयु र आफ्नो अटल सौभाग्यको कामना गर्दै महिलाहरूले वटसावित्री पर्व मनाउने परम्परा रहेको छ ।

सत्य युगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाले जेठ औँसीका दिन अटल सौभाग्यको बरदान पाएको विश्वासको आधारमा यो पर्व मनाउने मैथिल परम्परा छ । जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत संकल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वटवृक्ष (वरको रूख) फेदमा व्रतालु मिथिलानीले सामूहिक रूपमा सावित्रीलाई सम्झँदै ब्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा–आराधना गरेर यो पर्व मनाउँछन् । 

व्रतालुले  ज्येष्ठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ । जनकपुरको राम मन्दिरसहितको विभिन्न स्थानमा बिहानैदेखि पूजा गर्न महिलाको भिड लागेको छ । महिलाले व्रत पूजा गरी कथा सुनेर वरको वृक्षमा सुतीको धागो बाँध्ने गर्छन् । वरको बोटमा सुतीको धागो बाँध्नाले पतिको आयु बढ्ने जनविश्वास छ । विवाह भएकी महिलाले पहिलो वर्ष विभिन्न विधिअनुसारले मनाउने गरिन्छ । नवविवाहिता महिलाले पहिलो वरसाइत (विवाहपछि आउने पहिलो पर्व) अनिवार्य रूपमा श्रीमानकै घरमा मनाउनुपर्छ । 

अघिल्लो दिन नहायखाय (स्नान गरी सात्विक भोजन) गरेपछि सोह्र शृंगार अर्थात् लगाउने लुगादेखि चुरासम्मका सबै शृंगार र पहिरनका सामग्री माइतबाटै पठाइन्छ । बिहानै नुहाई रातो पहिरनमा नजिकको वर (वट) को रखमुनि बसेर पानीमा भिजाएर उमारिएको चना, मुंग र चामल, काँक्रो, केरा, स्याउ, अंगुर, आँप, लिची र नरिवल प्रसादको रूपमा वरको जरामा चढाएर सिन्दुरले रंग्याउँछन् । प्रसाद चढाइसकेपछि व्रतालुले वरको रूखमा सात फेरो पहेँलो र रातो धागोले बेर्दछन् । पतिव्रता सावित्रीले यही पर्व गरेर मृत पति सत्यवानलाई यमराजबाट फिर्ता गरेको धार्मिक मान्यता छ ।