१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १४ शनिबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ जेठ १४ शनिबार १४:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निजगढ विमानस्थलबारे रामचन्द्र पौडेल भन्छन्– अब रुख काट्नुपर्दैन, खुरुक्क डोजर लगाएर निर्माण सुरु गरे हुन्छ (भिडियाेसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ जेठ १४ शनिबार १४:१९:oo

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउनू भन्ने सर्वोच्च अदालतको फैसलालाई अविवेकी निर्णयको संज्ञा दिएका छन् । नेता पौडेलले अदालतले गरेका कतिपय अविवेकी निर्णयले देश विकासमा अवरोध भएको र सर्वोच्च अदालतको निजगढ विमानस्थलसम्बन्धी निर्णय पनि त्यसकै नमुना भएको आरोप लगाए । 

नेता पौडेलले आफूले विमानस्थलको प्रत्यक्ष अवलोकन गरिसकेको र त्यहाँको वतावरण मास्नुपर्ने आवश्यक्ता अहिले नरहेको बताए । उनले विमानस्थलका लागि जंगल फँडानी गर्ने काम पहिल्यै भइसकेको र अहिले त्यहाँ बसेको बस्तीलाई सारेर विमानस्थल निर्माण गर्न मात्रै बाँकी रहेको बताए । ‘काठमाडौंको उच्चतम विकल्पको रूपमा निजगढबाहेकको ठाउँ छैन । यो नै उपयुक्त ठाउँ हो, त्यहाँ लगेर खुरुक्क डोजर लगाएर एयरपोर्ट बनाउन थाले हुन्छ, रुख काट्न जानै पर्दैन’, उनले भने, ‘ब्युरोक्रेसीका एकथरी स्वार्थ समूहले रुख यति, उति काट्ने भनेर अर्को चलखेल गरिरहेका छन् । यो चलखेललाई रोक्नुपर्छ ।’

सर्वोच्चले गरेको निर्णय वास्तविकतामाथि मेल नखाएको भन्दै नेता पौडेलले फैसला गर्ने न्यायाधीशहरूलाई विमानस्थलको प्रत्यक्ष अवलोकन गरी फैसला पुनरावलोकन गर्न आग्रहसमेत गरे । उनले भने, ‘अदालतले पुनरावलोकन गर्नुपर्छ । सरकारले पनि आफ्नो कुरा ‘जस्टिफाई’ गरेर अदालत र जनतालाई बुझाउनुपर्छ । यो निर्णय विवकेसंगत भएन, अदालतले निर्णय सच्याउनुपर्छ । सर्वोच्चका माननीय न्यायाधीशहरू उतै गएर हेर्नुहोस् न देख्नुहुन्छ नि ।’