मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ १३ शुक्रबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ जेठ १३ शुक्रबार १८:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निजगढ विमानस्थलबारे सर्वोच्चको फैसलाले नेपालको विकासमा दूरगामी असर पर्‍यो : बाबुराम भट्टराई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ जेठ १३ शुक्रबार १८:२३:oo

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाले नेपालको विकासमा ठूलो दूरगामी असर पार्ने टिप्पणी गरेका छन् । सो विमानस्थलको विकल्प नरहेको उनको तर्क छ । 

शुक्रबार संघीय संसद् भवनपरिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा पूर्वप्रधानमन्त्री भट्टराईले वीरगन्ज जस्तो मुलुकको सबैभन्दा महत्वपूर्ण व्यापारिक नाकालाई काठमाडौंसँग जोड्ने सबैभन्दा भरपर्दो विमानस्थल निजगढ अन्तर्राष्ट्रिय विमानस्थल हुने भएकाले त्यसलाई रोक्नाले नेपालको विकासमा ठूलो दूरगामी असर पार्ने धारणा राखे ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिक पर्यटक पनि धान्न नसक्ने अवस्था भएकाले पनि आफू प्रधानमन्त्री भएको बेला सो परियोजनालाई राष्ट्रिय गौरवको परियोजनाको रूपमा अघि बढाएको उनले बताए । 

‘जेहोस् हामीलाई यो चाहिन्छ । यो विमानस्थलविना काठमाडौंले त यहाँ आन्तरिक पनि धान्न नसक्ने अवस्था आइसक्यो । हामीलाई चाहिन्छ । टाढा पठाएर हुँदैन । विदेशीहरू आउने भनेको राजधानीमै हो । वीरगन्जबाट काठमाडौंसँग सबभन्दा निकटको व्यापार सम्बन्ध हुन्छ । त्यसैले सामान ढुवानी गर्नका लागि पनि हामीलाई फास्टट्रयाकलगायतको आवश्यकता छ । रेलको आवश्यकता छ । एयरपोर्ट हुँदा न अन्तर्राष्ट्रिय र राष्ट्रिय यातायात, सञ्चार र ढुवानीको निम्ति मद्दत पुग्छ,’ भट्टराईले भने, ‘त्यसैले, त्योभन्दाबाहेक अन्यत्र उपयुक्त ठाउँ छैन । नेपालको विकासको निम्ति अहिले जुन घटना घटेको छ, यो घटनाले हाम्रो विकासलाई ठूलो दूरगामी असर गर्छ भन्ने हो ।’

भट्टराईले नेपालको न्यायालय र प्रशासन संयन्त्र विकासमैंत्री नभएको पनि बताए ।