१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १३ शुक्रबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ १३ शुक्रबार १६:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालेन र हर्कहरूकाे जितले नागरिक नै सर्वेसर्वा हुन् भन्ने भाष्य पुनः स्थापित : प्रदीप पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ १३ शुक्रबार १६:५४:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले लोकतान्त्रिक प्रणालीमा आमनागरिक नै सर्वेसर्वा हुन् भन्ने भाष्य पुनः स्थापित भएको बताएका छन्। बालेन्द्र साह, हर्क साम्पाङ र गोपाल हमाललगायतका स्वतन्त्र उम्मेदवारको विजयले यसलाई पुष्टि गरेको भन्दै पौडेलले नागरिकले जनप्रतिनिधिको रूपमा एक विशुद्ध सेवक चाहने पनि बताए।

‘बालेन्द्र साह, हर्क साम्पाङ र गोपाल हमाललगायतका स्वतन्त्र उम्मेदवारमाथि नागरिकले गरेको विश्वास र भरोसाले लोकतान्त्रिक प्रणालीमा आमनागरिक नै सर्वेसर्वा हुन् भन्ने भाष्य पुनः स्थापित भएको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आजका नागरिक जनप्रतिनिधिको रूपमा एक विशुद्ध सेवक चाहन्छन्, इमानदार व्यक्ति चाहन्छन्, स्थानीयस्तरमा घुलमिल हुँदै आममतदातासँग हातेमालो गरेर अघि बढ्ने पथप्रदर्शक चाहन्छन्, स्पष्ट विचार, भिजन र एजेन्डा चाहन्छन्।’

स्थानीय तह निर्वाचनबाट जनताको नजरमा आफूलाई अब्बल साबित गर्न सफल सबै स्वतन्त्रबाट विजेता जनप्रतिनिधिहरूलाई उनले बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिएका छन्।