१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ १३ शुक्रबार १३:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आयल निगमको भलबारीस्थित डिपोमा दुई ट्यांकरमा आगलागी

Read Time : < 1 मिनेट
२०७९ जेठ १३ शुक्रबार १३:२१:००

रुपन्देहीको भलबारीस्थित नेपाल आयल निगमको डिपोमा दुई ट्यांकरमा आगलागी भएको छ। लुम्बिनी प्रादेशिक कार्यालयभित्रको डिपोबाट डिजेल लोड गरेर निस्कने क्रममा लु.२ख २६५६ र लु.२ख ५६८५ नम्बरको  ट्यांकरमा आगलागी भएको हो। अहिले आगो नियन्त्रणमा आइसकेको छ।

तिलोत्तमा, बुटवल र भैरहवाबाट गएका दमकलले आगो नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी नवरत्न पौडेलले जानकारी दिए। आगो कसरी लाग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  डिजेल र पेट्रोल लोड गरेर बाहिर निस्किने क्रममा आगलागी हुँदा दुईवटा ट्यांकरमा पूर्ण क्षति भएको छ।