मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १३ शुक्रबार ०७:५२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

छात्रा बलात्कार आरोपी प्रिन्सिपल पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १३ शुक्रबार ०७:५२:००

पाँच वर्षअघि छात्रा बलात्कार गरी फरार रहेका सुनसरी इटहरी उपमहानगरपालिका–५ स्थित ब्लुमिङ लोटस इंग्लिस स्कुलका प्रिन्सिपल ३६ वर्षीय राज खड्का भनिने राजकुमार खड्का पक्राउ परेका छन् । विदेश भाग्ने योजनामा रहेका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)बाट खटिएको प्रहरीको टोलीले बिहीबार त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । 

एसपी श्यामकुमार महतो, प्रवक्ता, सिआइबी
खड्का जबर्जस्ती करणी कसुरमा फरार थिए । उनलाई सिआइबीको टोलीले खोजी गरिरहेको थियो । यही क्रममा उनको लोकेसन त्रिपुरेश्वरमा देखियो । उनी पासपोर्टको प्रोसेसिङमा रहेको खुलेपछि हामीले पक्राउ गरेका हौँ । घटनासम्बन्धमा थप अनुसन्धान हुँदै छ ।

खड्का पासपोर्ट बनाउने क्रममा त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेका थिए । पछ्याउँदै गएको प्रहरी टोलीले उनलाई सोहीक्रममा पक्राउ गरेको हो । सिआइबीका प्रवक्ता एसपी श्यामकुमार महतोले खड्का पछिल्लो दिन ‘पासपोर्ट’को ‘प्रोसेसिङ’मा रहेको जानकारी दिए । ‘खड्का जबर्जस्ती करणी कसुरमा फरार थिए । सिआइबीको टोलीले खोजी गरिरहेको थियो । यही क्रममा उनको लोकेसन त्रिपुरेश्वरमा देखियो । उनी पासपोर्टको प्रोसेसिङमा रहेको खुलेपछि हामीले उनलाई पक्राउ गर्‍यौँ । घटनासम्बन्धमा थप अनुसन्धान हुँदै छ,’ उनले भने ।

प्रहरीका अनुसार उनी काठमाडौंको एक निजी विद्यालयमा प्रिन्सिपलको भूमिकामा कार्यरत थिए । सौन्दर्य प्रतियोगिताका नाममा बलात्कार भएको घटना एकाएक सार्वजनिक भएपछि उनी बेचैन थिए । त्यसको केही दिनपछि लोटस इंग्लिस स्कुलको बलात्कार घटना सार्वजनिक भयो । त्यसपछि भने उनी लुक्दै आएका थिए । यहीक्रममा खड्का विदेश भाग्न खोजेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ‘पछिल्लोपटक सर्वजनिक भएको बलात्कारका घटनाबाट खड्का तनावमा रहेको जस्तो देखिन्छ । प्रहरीबाट पक्राउ हुन सक्ने भएपछि लुक्दैछिप्दै आएका रहेछन् । यहीक्रममा उनी पासपोर्ट बनाउनतर्फ लागे । यसबाट उनी विदेश जान खोजेको हो कि जस्तो देखिन्छ,’ एसपी महतोले भने ।

सिन्धुली कमलामाई नगरपालिका–७ का खड्काले २६ साउन ०७४ मा ब्लुमिङ लोटस इंग्लिस स्कुलमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्रालाई सुनसरी धरान उपमहानगरपालिका–१० स्थित एक गेस्ट हाउसमा लगी जबर्जस्ती करणी गरेको आरोप लागेको छ । प्रहरीका अनुसार उनले छात्रालाई घुमाउन लैजाने बहानामा गेस्ट हाउस पुर्‍याएका थिए । विद्यालयबाट निकालिदिने धम्की दिई उनले छात्रालाई बलात्कार गरेको खुलेको छ । त्यसपछि छात्राले विद्यालय छाडेकी थिइन् । अर्कै विद्यालयमा अध्ययन गरेकी उनलाई खड्काले धम्क्याउने र पटक–पटक बलात्कार गर्दै आएको प्रहरीले जनाएको छ । आजित भएकी पीडित बालिकाले २ भदौ ०७५ मा जिल्ला प्रहरी कार्यालय सुनसरीमा किटानी जाहेरी दिएकी थिइन् । त्यसयता खड्का फरार थिए । उनी टोखा नगरपालिकास्थित बानियाँटारमा डेरामा लुकिछिपी बस्दै आएका थिए ।