मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ जेठ ११ बुधबार
  • Friday, 28 August, 2026
२o७९ जेठ ११ बुधबार १८:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गण्डकीमा बजेट अधिवेशन सुरु, संघ सरकारबाट स्रोत हस्तान्तरण नहुँदा काम गर्न अप्ठ्यारो भयो : मुख्यमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ११ बुधबार १८:४५:oo

गण्डकी प्रदेश सभाको बजेट अधिवेशन सुरु भएको छ । अधिवेशनको पहिलो दिन प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताले सम्बोधन गरेका छन् । 

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघ सरकारबाट हुनुपर्ने स्रोत हस्तान्तरण नहुँदा काम गर्न अप्ठ्यारो भएको भन्दै गुनासो गरेका छन् । तीन तहका सरकारलाई तोकिएका अधिकार र जिम्मेवारी निभाउन संघ सरकारबाट हुनुपर्ने स्रोत हस्तान्तरण नभएको उनको भनाइ छ । 

स्रोतहरू हस्तान्तरण नभएकै कारण प्रदेश र स्थानीय तहले सोचेअनुरूपको काम गर्न नसकेको उनको भनाइ छ । मुख्यमन्त्री पोखरेलले भने, ‘संघीय शासन प्रणालीको आधारभूत मूल्य र मान्यतालाई आत्मसात गर्दै सहकार्य, सहअस्तित्व र समन्वयको सिद्धान्तका आधारमा तीन तहका सरकारलाई तोकिएका अधिकार र जिम्मेवारी निभाउनका लागि संघ सरकारबाट हुनुपर्ने स्रोत हस्तान्तरण नभएपछि प्रदेश सरकारले केन्द्रलाई बारम्बार ध्यानाकर्षण गराउँदै आएको छ । तर, हालसम्म पनि भएको छैन ।’

जग्गाको अभावमा प्रदेश शिशु स्याहार केन्द्र, बहुसांस्कृतिक ग्राम, प्रदेशस्तरीय विज्ञान प्रविधि प्रयोगशाला, अपांगता ग्राम निर्माण, गण्डकी विश्वविद्यालय, शिक्षण अस्पताल, बिपी स्मृति अन्तर्राष्ट्रिय खेल ग्राम, औद्योगिक क्षेत्रहरूलगायतका आयोजना अघि बढ्न नसकेको उनले बताए । 

सिद्धान्त तथा प्राथमिकता पेस
गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटका सिद्धान्त तथा प्राथमिकता पेस गर्नेछन् । सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल १७ जेठसम्म सक्ने योजना छ ।