मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ११ बुधबार
  • Wednesday, 12 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ ११ बुधबार o६:१६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सरकारको प्राथमिकतामा फाप्ला र गौतम बुद्ध क्रिकेट मैदान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ ११ बुधबार o६:१६:oo

आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा सरकारले धनगढीको फाप्ला र चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई प्राथमिकतामा राखेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण सुरु गर्ने जनाइन् । राष्ट्रपति भण्डारीले फाप्लासँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाँकी काम टुंगो लगाउन समन्वय र सहजीकरण गर्ने उल्लेख गरेकी छिन् ।

धुर्मुस–सुन्तली फाउन्डेसनको पहलमा सुरु भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान आर्थिक अभावका कारण निर्माण रोकिएको छ । सरकारले अगामी आर्थिक वर्षमा क्रिकेटका दुई रंगशालाको निर्माणलाई नीति कार्यक्रममा प्राथमिकता राख्दा यसको काम सुरु हुन सहजीकरण भएको छ । यसै वर्ष फाप्लाको जग्गा विवाद समाधान भएको थियो । बहुचर्चित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाँकी कामको स्वामित्व स्थानीय सरकारले लिएको छ । ‘फाप्ला क्रिकेट मैदानको छिट्टै काम थालिनेछ, चितवनको गौतम बुद्ध मैदानको निर्माणको बाँकी कामलाई टुंगोमा पुर्‍याउन समन्वय तथा सहजीकरण गरिनेछ,’ संघीय संसद्का दुवै सदनलाई प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा राष्ट्रपति भण्डारीले भनिन् ।

 राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरी खेलाडीको स्तर वृद्धि गर्ने र खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण तथा खेलमा सहभागिताको अवसर उपलब्ध हुने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारले मापदण्ड बनाई खेलाडीलाई पुरस्कार, भत्ता, बिमा तथा आवश्यक प्रोत्साहन गर्दै प्रत्येक विद्यालयमा खेलकुद क्लब स्थापना गर्ने कार्यक्रमलाई आगामी बजेटमा समेट्ने भएको छ । सरकारले आगामी वर्ष नेपालमा साहसिक तथा पर्वतीय खेलको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।

 यसैगरी, प्रत्येक प्रदेशमा कम्तीमा एक प्रशिक्षण सुविधाजनक रंगशाला निर्माण गर्दै जाने नीति बनाएको छ । अर्को बर्ष गैँडाकोटमा बिपी कोइराला अन्तर्राष्ट्रिय खेलग्राम बनाउने सरकारको तयारी छ । सबै स्थानीय तहमा खेलग्राम निर्माण, हाई अल्टिच्युड ट्रेनिङ स्थापना गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । खेलकुद विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरी निर्माणको आवश्यक प्रक्रिया अघि बढाइने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नागरिकलाई शारीरिक तथा मानसिक स्वास्थ्य सुधारका लागि खेलकुद शारीरिक व्यायाम योग तथा ध्यानको अभ्यास गर्न उत्पेरित गरिने भएको छ ।