मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १० मंगलबार
  • Wednesday, 12 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ १० मंगलबार o६:२१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटिजन्स बैंकका ग्राहकले सुर्खेत हस्पिटलमा छुट पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ १० मंगलबार o६:२१:oo

 सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुर्खेतस्थित सुर्खेत हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका कार्डवाहकलाई छुट दिने समझदारी भएको छ । कार्डवाहकले अस्पतालबाट प्रदान गरिने सेवाहरूमा २० प्रतिशतसम्म छुट पाउने समझदारी भएको हो । 

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने बैंकले विश्वास जनाएको छ । बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था गरेको जनाइएको छ ।

यस्तै, मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रललगायतको सुविधा दिइरहेको जनाएको छ । बैंकले देशभरमा एक सय ७४ शाखा, एक सय २५ एटिएम र ९३ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ ।