१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १३:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हेलिकाेप्टरमार्फत सुत्केरीको उद्धार, भाडा एक लाख ३५ हजार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १३:oo:oo

बच्चा जन्माएपछि थला परेकी एक सुत्केरीको हेलिकाेप्टरमार्फत उद्धार गरिएको छ। उच्च रक्तश्राव भएर थला परेकी हुम्लाको चंखेली गाउँपालिका–५ नेप्काकी ३५ वर्षीया तुला तामाङको हेलिकाेप्तरमार्फत उद्धार गरिएको हो ।

तामाङले तीन दिनअघि बच्चालाई जन्म दिएकी थिइन्। बच्चा जन्माएपछि उच्च रक्तश्रावका कारण थला परेकी उनको हेलिकाेप्टरबाट उद्धार गरी जिल्ला अस्पतालमा उपचार सुरु गरिएको आफन्त जसिलाल तामाङले बताए ।

महिलाको शरीर सुन्निएर श्श्वासप्रश्वासमा समस्या देखिएपछि एक लाख ३५ हजार हेलिकाेप्टर भाडा तिरेर सदरमुकाम सिमकोट पुर्‍याउन बाध्य भएको आफन्तले दुखेसो गरेका छन्। ऋण मागेर बिरामीको हेलिकाेप्टरबाट उद्धार गरिएको तामाङको भनाइ छ।

ad
ad