मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ५ बिहीबार
  • Wednesday, 08 January, 2025
श्रवण थापा सर्लाही
२o७९ जेठ ५ बिहीबार १८:४३:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

सर्लाहीको चक्रघट्टमा जसपा विजयी, निवर्तमान अध्यक्ष, उपाध्यक्ष तेस्रो स्थानमा

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o७९ जेठ ५ बिहीबार १८:४३:oo

सर्लाहीको चक्रघट्ट गाउँपालिकामा जनता समाजवादी पार्टी(जसपा) विजयी भएको छ । अध्यक्षमा जसपाका कृष्णकुमार यादव विजयी भएका हुन् । यादवले २३९४ मत अन्तरले नेपाली कांग्रेसका उम्मेदवार रामजी साह तेलीलाई पराजित गरेका हुन् । यादवले ५९१५ मत प्राप्त गर्दा, उनकाे निकटतम प्रतिस्पर्धी तेलीले ३५२१ मत मात्र प्राप्त गर्दै पराजित भए ।

यस्तै, उपाध्यक्षमा जनता समाजवादी पार्टीकी उम्मेदवार मीनादेवी राय विजयी भइन् । रायले २०५५ मतान्तरले निकटतम प्रतिस्पर्धी विमला जयसवाललाई पराजित गरिन् । रायले कुल ५८१५ मत प्राप्त गर्दा जयसवालले ३७६० मत मात्र प्राप्त गरी पराजित भइन् । 
यस्तै माओवादी केन्द्रवाट उम्मेदवारी दिएका निवर्तमान अध्यक्ष बिक्रम यादव र उपाध्यक्ष सजरा खातुन यसपटक तेस्रो स्थानमा देखिए । अध्यक्षका उम्मेदवार यादवले २१४४ मत प्राप्त गरे भने उपाध्यक्षकी उम्मेदवार खातुनले १९३६ मत मात्र प्राप्त गरिन् ।

पालिकाको बहुसंख्यक वडा पनि जसपाले आफ्नो पोल्टामा पारेको छ । जसपाबाट वडा नम्बर ३ मा दिनेशकुमार साह, ५ मा नागेन्द्रप्रसाद साह, ६ मा राजेशकुमार यादव, ७ मा नवीनकुमार राय, ८ मा रामकैलाश राउत, र ९ मा विजयकुमार यादव विजयी भएका छन् । वडा नम्बर १ मा माओवादी केन्द्रका रामसुरेश राय, २ नम्बरमा माओवादी केन्द्रका विनोदकुमार राय र ४ मा नेपाली कांग्रेसका फैयाज अहमद विजयी भएका छन् ।