१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ५ बिहीबार
  • Sunday, 11 May, 2025
२o७९ जेठ ५ बिहीबार १६:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचित भएको घोषणापछि महोत्तरीमा भेटियो अतिरिक्त मतपेटिका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ५ बिहीबार १६:१५:oo

महोत्तरीको बर्दिबास नगरपालिका– ८ मा मतगणना सम्पन्न भएर निर्वाचित भएको घोषणा गरिसकेपछि थप मतपेटिका भेटिएको छ। पालिकाकै अन्तिम वडाको मतगणनाका लागि बाकस निकाल्ने क्रममा निर्वाचित भएको घोषणा गरिसकिएको वडा नं. ८ को मतपेटिका फेला परेको हो।

बिहीबार बिहान राजनीतिक दलसहित निर्वाचन कार्यालयका कर्मचारीहरू गणनाका लागि मतपेटिका राखेको स्थानमा पुगेर अन्तिम बचेको बाकस हेर्दा वडा नं. ८ को रहेको पाइएको हो।

सो वडामा सात सय ५१ मत ल्याएका नेकपा माओवादी केन्द्रका शमशेरसिंह लामा निर्वाचित भएको घोषणा भइसकेको थियो। उनका निकटतम् प्रतिद्वन्द्वी रहेका नेकपा एमालेका रुद्रबहादुर किङरिङले सात सय ४४ मत ल्याएका थिए। सबै मत गणना गर्नुअघि नै विजेता घोषणा भएपछि मतगणनामा धाँधली भएको भन्दै एमालेका उम्मेदवार किङरिङले मुद्दासमेत हालिसकेका छन्।

यस विषयमा बर्दिबासस्थित निर्वाचन अधिकृत भूपेन्द्र सापकोटासँग कुरा गर्न खोज्दा उनले आफू अश्वस्थ भएकाले कुरा गर्न नसक्ने प्रतिक्रिया दिए। यता मुख्य निर्वाचन अधिकृत दीपक खरेलले आफूले समेत यस घटनाबारे फोनमार्फत जानकारी पाएको बताउँदै बर्दिबासमा सर्वदलीय बैठकको तयारी भइरहेको जानकारी दिए। यसबारे कार्यालयले निर्वाचन आयोगमा पत्राचार गरिसकेको छ।