१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७९ जेठ ५ बिहीबार १२:०७:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

एमालेलाई हराउँदै घोडाघोडीको मेयरमा समाजवादीका रावत विजयी

Read Time : < 1 मिनेट
२०७९ जेठ ५ बिहीबार १२:०७:००

कैलालीको घोडाघोडी नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका खडक रावत विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवारलाई चार हजार आठ सय ८७ मतान्तरले हराउँदै रावत मेयरमा निर्वाचित भएका हुन् । उनले १३ हजार एक सय २८ मत प्राप्त गरेका छन् ।

मेयरमा पराजित एमालेका ममताप्रसाद चौधरीले आठ हजार दुई सय ४९ मत पाए । ०७४ को निर्वाचनमा मेयरमा जितेका चौधरी यसपटक पराजित भएका हुन् ।उपमेयरमा नेपाली कांग्रेसकी गुलियादेवी चौधरी निर्वाचित भएकी छिन् । चौधरी १२ हजार दुई सय ७० मत ल्याएर विजयी हुँदा उपमेयरमा एमालेकी करुणा बटाला ६ हजार नौ सय ६३ मत पाएर पराजित भइन् । उनीहरूबीचको मतान्तर पाँच हजार तीन सय सात  रहेको छ ।

सुदूरपश्चिममा समाजवादीले प्रमुखमा पहिलो जित निकालेको हो । कैलालीमा सत्तारुढ गठबन्धनबीच तालमेल थियो । गठबन्धन भए पनि समाजवादीले कैलालीको चुरे गाउँपालिकामा भने हार व्यहार्नुपरेको छ। समाजवादीले अहिलेसम्म सुदूरपश्चिममा दुई तह जितेको छ। बझाङको केदारस्युँ गाउँपालिकाको अध्यक्षमा समाजवादीका गणेश बोहरा एमालेका लोकेश भण्डारीलाई हराउँदै यसअघि विजयी भएका थिए ।