मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ ५ शुक्रबार १३:५४:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सनराइज बैंकद्वारा घोडाघोडी क्याम्पसलाई फिल्टर हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ ५ शुक्रबार १३:५४:००

सनराइज बैंकले कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसलाई वाटर प्युरिफायर प्रदान गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपालले क्याम्पस अध्यक्ष विष्णुप्रसाद सापकोटा र क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भट्टराईलाई बिहीबार एक कार्यक्रमबीच वाटर प्युरिफायर हस्तान्तरण गरेका हुन्।

यसले विद्यार्थीलाई विद्यालयमा शुद्ध पानी पिउन र स्वस्थ रूपमा पठनपाठन गर्न मद्दत पुर्‍याउने क्याम्पस अध्यक्ष सापकोटाले बताए। बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरणलगाएतका क्षेत्रमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्दै जाने जनाएको छ।

यसै हप्ता सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नै धनगढी उपमहानगरपालिकाका लागि डस्टबिन, हसनपुरको ऐश्वर्य विद्या निकेतन विद्यालयलाई प्रोजेक्टर, धनगढी त्रिनगर विद्यालयमा साइकल स्ट्यान्ड, चुरे गाउँपालिका र डडेल्धुरामा प्रहरी बिट उद्घाटन गरेको थियो।