मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ४ बुधबार
  • Thursday, 19 December, 2024
गाेविन्द सुवेदी
२o७९ जेठ ४ बुधबार १७:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पोखरा महानगर : मतगणना रोक्न भन्दै एमालेको नाराबाजी 

Read Time : < 1 मिनेट
गाेविन्द सुवेदी
नयाँ पत्रिका
२o७९ जेठ ४ बुधबार १७:o८:oo

नेकपा एमालेका कार्यकर्ताले पोखरा महानगरपालिकामा मतगणना रोक्न भन्दै नाराबाजी गरेका छन् । जिल्ला समन्वय समितिको हलमा जारी मतगणना स्थलमा अचानक कर्मचारीलाई धम्की दिँदै एमाले कार्यकर्ताले मतगणनालाई बिथोल्ने प्रयास गरेका हुन् । उनीहरूले मतगणना रोक्नुपर्ने भन्दै केहीबेर नाराबाजीसमेत गरे । यद्यपि, एमाले कार्यकर्ताको सो प्रयासलाई सुरक्षा निकायले नियन्त्रणमा लिएको जनाएको छ ।

वडा ७ को मतगणना चलिरहँदा विवाद भएको बताइएको हो । एमाले कार्यकर्ताले मतगणना स्थल कब्जा गर्न खोजेका थिए । गठबन्धनले आवश्यकभन्दा धेरै प्रतिनिधि पठाएको उनीहरूको आरोप छ । मुख्य निर्वाचन अधिकृत पोखराको कार्यालय प्रवक्ता नील पनेरूले १२ वटा खालमा मतगणना हुँदा केही विवाद हुनु सामान्य रहे पनि मतगणना भने प्रभावित नभएको जानकारी दिए । ‘उहाँहरू (एमाले प्रतिनिधि)ले केही विमति राख्नुभयो । यति धेरै ठाउँमा मतगणना गरिरहेका छौँ, सामान्य विवाद त भइहाल्छ नै । मतगणना प्रभावित भएको छैन निरन्तर चलिरहेको छ,’ उनले भने ।  

निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म करिब ४० हजार मतगणना भएको छ । जसमा गठबन्धन दलको तर्फबाट मेयरका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले १६ हजार ४१९ मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई नेकपा एमालेका कृष्ण थापाले १४ हजार ३४८ मतसहित पछ्याइरहेका छन् । 

उपमेयरमा पनि गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसकी कोपिला रानाभाटले १६ हजार ६६५ मत ल्याएकी छिन् । उनलाई नेकपा एमालेकी उपमेयर पदकी उम्मेदवार मञ्जु गुरुङले १६ हजार ३९८ मतका साथ पछ्याइरहेकी छिन् ।