मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ ३ मंगलबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ ३ मंगलबार १७:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रस्तावित राजदूतद्वय श्रेष्ठ र तामाङको नाम अनुमोदन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ ३ मंगलबार १७:४७:oo

संसदीय सुनुवाइ समितिले चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङको नाम अनुमोदन गरेको छ। मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले मन्त्रिपरिषद्ले सिफारिस गरेका चीनका लागि प्रस्तावित राजदूत श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत तामाङको नाम अनुमोदन गरेको हो।

प्रस्तावित दुवै राजदूतको उजुरी नपरेको र उपयुक्त लागेकाले समितिले सर्वसम्मतिले अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।

समितिको बैठकमा डेनमार्कका लागि प्रस्तावित राजदूत रामसुरज राय यादवमाथि परेको उजुरीका सम्बन्धमा छानबिन गर्न समितिका सदस्य जितेन्द्र देव संयोजक तथा निरुदेवी पाल र शिवकुमार मण्डल सदस्य रहेका कार्यदल गठन गरिएको छ। कार्यदलले २ दिनभित्र सो सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्ने र त्यसैको आधारमा प्रस्तावित राजदूत रायको पनि सुनुवाइ गर्ने समितिका सभापति कर्णले बताए।

समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत वासुदेव मिश्रको पनि उजुरी परेकाले आज सुनुवाइ गर्न नसकिएको स्पष्ट पारेको छ। समितिको अर्को बैठक बुधबार (बिहान साढे ८ बजेका लागि बोलाइएको छ।