बागलुङको बरेङ गाउँपालिका अध्यक्षमा राष्ट्रिय जनमोर्चाका कृष्ण प्रसाद शर्मा विजयी भएका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार शर्माले ३ हजार ६०१ मत प्राप्त गरि विजयी भए। उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रदिप थापाले २ हजार २ सय ३२ मत प्राप्त गरी पराजित भए । नवनिर्वाचित शर्मा गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् ।
गाउँपालिका उपाध्यक्षमा कांग्रेसका दिलिप कुमार पुन विजयी भएका छन् । पुनले ३ हजार ६८२ मत प्राप्त गर्दा नेकपा एमालेका दुर्गा कार्की थापा क्षेत्रीले १ हजार ९ सय ५५ मत प्राप्त गरेकी छिन् ।
गाउँपालिकाको वडा नम्बर १ मा गठबन्धनकै तर्फबाट राष्ट्रिय जनमोर्चाका नरसिंह पुन १ हजार ४ सय ४१ मत प्राप्त गरि विजयी भएका छन् । वडा नम्बर २ को अध्यक्षमा जनमोर्चाकै हिराबहादुर घर्ती ८ सय ९९ मत प्राप्त गरि विजयी भएका छन् । वडा नम्बर ३ मा नेकपा एमालेका शेरबहादुर खनाल क्षेत्री ८ सय ४१ मत प्राप्त गरि विजयी भएका छन्।
वडा नम्बर ४ मा कांग्रेसका किसन बहादुर खत्री ३ सय २९ मत प्राप्त गरि विजयी भएका छन् । यसैगरी वडा नम्बर ५ मा कांग्रेसका अमरबहादुर शेरवुजा ४ सय ४५ मत प्राप्त गरि वडा अध्यक्षमा विजयी भएकाे निर्वाचन अधिकृत मनिराम ज्ञवालीले जानकारी दिए ।