१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २ सोमबार
  • Saturday, 28 September, 2024
२o७९ जेठ २ सोमबार २२:३९:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

साकेला गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २ सोमबार २२:३९:oo

खोटाङको साकेला गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका रविप्रकाश राई विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार अर्जुनकुमार खड्कालाई ७८ मतले हराउँदै राई अध्यक्षमा निर्वाचित भएका हुन् ।  

राईले एक हजार ८५० मत ल्याएर प्रमुखमा विजयी हुँदा निकटतम् प्रतिस्पर्धी खड्काले एक हजार ७७२ मत प्राप्त गरेको निर्वाचन अधिकृत राजन नेपालले जानकारी दिए । निवर्तमान अध्यक्ष खड्का २०७४ सालमा भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । 

अध्यक्षका अर्का प्रत्यासी नेकपा (एमाले) का गोपी खड्काले जम्मा ९६७ मत प्राप्त गरे । 
पालिकाको उपाध्यक्षमा भने दुई हजार १२ मत ल्याएर माओवादी केन्द्रका बिर्सिका राई विजयी भएकी छिन् । उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी सरिता खड्काले एक हजार २२४ मत प्राप्त गरन् । त्यस्तै उपाध्यक्षकी अर्की उम्मेदवार एमालेकी दिलकुमारी राईले जम्मा ९८६ मत प्राप्त गरिन् । उपाध्यक्षमा पराजित खड्का २०७४ सालको निर्वाचनमा कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । 

पाँच वडा मात्र रहेको जिल्लाकै सबैभन्दा सानो स्थानीय तह साकेला गाउँपालिकामा कांग्रेस र माओवादी दुई-दुई तथा एमाले एउटा वडामा विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।