Skip This
राजपुरमा कांग्रेस विजयी, माओवादीका वडा सुरक्षित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २ सोमबार
  • Thursday, 19 September, 2024
२o७९ जेठ २ सोमबार १८:२८:oo
Read Time : > 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

राजपुरमा कांग्रेस विजयी, माओवादीका वडा सुरक्षित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २ सोमबार १८:२८:oo

दाङको राजपुर गाउँपालिकामा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । अन्तिम मतपरिणामअनुसार अध्यक्षमा कांग्रेसका शरद बुढाथोकीले ३९८० मत प्राप्त गरी विजयी भएका हुन्, भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका चक्रबहादुर खड्काले ३१६७ मत प्राप्त गरेका थिए । उनीहरूबीचको मतान्तर ८१३ हो ।

त्यस्तै उपाध्यक्षमा कांग्रेसकै धनपतिदेवी यादवले ३८३७ मत प्राप्त गरी विजयी भएकी हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी पुष्पा यादवले ३३४८ मत प्राप्त गरेकी थिइन् । उनीहरूबीचको मतान्तर ४८८ रहेको छ । धनपति दोस्रोपटक गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी हुन् । २०७४ सालमा पनि उनी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएर कार्यकाल पूरा गरिसकेकी छिन् ।  

त्यस्तै एमालेका अध्यक्षका उम्मेदवार कुलराज गिरीले २९२२ र उपाध्यक्षका उम्मेदवार सीता यादवले २९०७ मत प्राप्त गरेकी थिइन् । उक्त गाउँपालिकामा १५ हजार ७ सय २३ मत रहे पनि ११ हजार ७ सय ४१ मात्रै मत खसेको छ ।  

वडामा माओवादी धेरै
वडामा भने माओवादी अगाडि छ । ७ वटा वडा रहेको  राजपुरमा माओवादी केन्द्रले तीन तथा कांग्रेस र एमालेले २/२ वडामा विजयी हासिल गरेका छन् । कांग्रेसले २०७४ को निर्वाचनमा ४ वटा वडा जितेको भए पनि अहिले दुई वडा गुमाएको छ । त्यतिबेलाको निर्वाचनमा पनि माओवादी केन्द्रले ३ वटा वडा जित्न सफल भएको थियो । वडा नं. १,२ र ६ मा जितेको माओवादीले अहिले ६ बाहेक पहिलेका वडा गुमाए पनि नयाँ वडा नं. ३ र ७ मा जित्न सफल भएको छ । नयाँ दुबै वडा यसअघिको निर्वाचनमा कांग्रेसले जितेको थियो । वडा नं. ६ मा माओवादी केन्द्रका श्यामबहादुर रोका दोहोरिएका छन् । 

त्यस्तै कांग्रेसले वडा नं. २ र ४ जित्न सफल भएको छ । ४ मा यसअघिकै अध्यक्ष रामेश्वर अहिर दोहोरिएका छन्, भने २ मा ओमप्रकाश यादवले जितेका छन् । सोही वडामा यसअघिका वडाध्यक्ष माओवादी केन्द्रका दुर्गाप्रसाद शर्मा पनि चुनावी मैदानमा थिए तर शर्माले चुनाव हारे । 

एमालेले भने यो निर्वाचनमा २ वटा वडा जित्न सफल भएको छ । २०७४ को चुनावमा एमालेले राजपुरमा कुनै पनि वडा जित्न सकेको थिएन । अहिले राजपुरको १ र ५ नम्बर वडा जितेको छ । 
यसअघि १ मा माओवादी केन्द्रले जितेको थियो भने ५ मा कांग्रेसले जितेको थियो । ५ नम्बर वडामा यसअघिका अध्यक्ष कांग्रेसका नरेन्द्रसिंह भण्डारी दोहोरिन खोजे पनि हार व्यहोरे ।