१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २ सोमबार
  • Friday, 05 July, 2024
२o७९ जेठ २ सोमबार १७:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

जुम्लाको हिमा गाउँपालिकामा कांग्रेस विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २ सोमबार १७:४७:oo

जुम्लाको हिमा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचिन भएका छन् । अध्यक्ष र उपाध्यक्ष  दुवै पदमा कांग्रेसका उम्मेदवार निर्वाचिन भएका हुन् । गाउँपालिका अध्यक्षमा कांग्रेसका लक्ष्मण शाहीले १ हजार ८ सय ७२ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका अम्मराज शाहीले १ हजार ४ सय २३ मत ल्याएका छन् । 

उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी सुर्पना शाही विजयी भएकी छिन् । उनले १ हजार ५ सय १८ मत ल्याएकी छिन् भने उनकी प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी कल्पना दमाईले एक हजार ४ सय ८९ मत ल्याएकी छिन् । निर्वाचित शाही नेपाली कांग्रेसका जिल्ला पार्टी सचिव हुन् । पालिकामा ४ हजार ८६७ मत खसेको थियो ।  

०७४ को स्थानीय तहको निर्वाचिनमा अध्यक्षमा माओवादीका रजबहादुर शाही र उपाध्यक्षमा माओवादीकै हिमाली रोकाया निर्वाचित भएका थिए । 

ad
ad
ad
ad