१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २ सोमबार
  • Wednesday, 03 July, 2024
मोहन विष्ट कञ्चनपुर
२o७९ जेठ २ सोमबार १o:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

विद्यार्थी नेता बस्नेत र सिंह वडाध्यक्षमा निर्वाचित 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७९ जेठ २ सोमबार १o:५o:oo

कञ्चनपुरका दुई विद्यार्थी नेता वडाध्यक्षमा निर्वाचित भएका छन् । एमालेनिकट अनेरास्ववियुका विद्यार्थी नेता ओम बस्नेत र नरेशबहादुर सिंह वडाध्यक्षमा निर्वाचित भएका हुन् । बस्नेत अनेरास्ववियु कञ्चनपुरका पूर्वअध्यक्ष हुन् । उनी दोधाराचाँदनी नगरपालिका ६ बाट वडाध्यक्षमा निर्वाचित भएका छन् । 

बस्नेतले आफ्ना निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिलबहादुर सिंजालीसँग एक सय २३ मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भए । बस्नेत आठ सय ७४ र सिंजालीले कांग्रेस सात सय ५१ मत ल्याएका थिए । यसअघि ०७४ मा बस्नेत र सिंजालीबीचमै प्रतिस्पर्धा भएको थियो । उतिवेला सिंजालीले जितेका थिए ।

बेदकोट नगरपालिका २ को वडाध्यक्षमा पुनः निर्वाचित भएका नरेशबहादुर सिंह अनेरास्ववियुका पूर्वजिल्ला उपाध्यक्ष हुन् । सिंहले आफ्ना निकटतम प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार मानबहादुर रानालाई दोब्बर मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भए । 

सिंहले आठ सय ६७ र रानाले चार सय ३१ मत ल्याएका थिए । वडाध्यक्षमा निर्वाचित नेताद्वय बस्नेत र सिंहलाई एमाले जिल्ला अध्यक्ष सुरेन्द्र विष्टले बधाई ज्ञापन गरेका छन् । 

ad
ad
ad
ad