मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २ सोमबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ जेठ २ सोमबार o९:४८:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

काठमाडौं महानगर :  २७०० भन्दा बढी मतसहित बालेनको अग्रता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ जेठ २ सोमबार o९:४८:oo

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायम गरेका छन् । स्वतन्त्र उम्मेदवार साह १४ हजार सात सय ७८ मत गणना गर्दासम्म पाँच हजार ६ सय ९२ मतसहित अग्र स्थानमा छन् ।

निर्वाचन आयोगका अनुसार उम्मेदवार साहलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् । उम्मेदवार स्थापितले हालसम्म दुई हजार नाै सय ९२ मत प्राप्त गरेका छन् भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले दुई  हजार ६ सय ५७ मत प्रप्त गरेकी छिन् ।  

गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ को अहिले मत गणना कार्य जारी छ । काठमाडौं महानगरपालिकामा अहिले १, २, ३, ४, ५, ३१ र ३२ वडाको मतगणना भएको छ । जसमा १ नम्बर वडाको मतपरिणाम आइसकेको छ ।