१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार २o:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

दोलखाको कालिञ्चोक २ मा माओवादी केन्द्रका पाण्डे विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २o:o१:oo

दोलखाको कालिञ्चोक गाउँपालिका  २ बाबरेको वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका हेमबहादुर पाण्डे ( विक्रम ) विजयी भएका छन् ।
आइतबार साँझ सम्पन्न मतगणनाअनुसार नेकपा एमालेका उम्मेदवार पूर्ण पाण्डेलाई पराजित गर्दै हेमबहादुर पाण्डे विक्रमले जित हात पारेका हुन् । उनले फराकिलो अन्तरका साथ विजय हासिल गरेको निर्वाचन अधिकृतको कार्यालय कालिञ्चोकले जनाएको छ । कार्यालयका अनुसार कालिञ्चोक गाउँपालिकामा सत्तागठबन्धनका अध्यक्ष उम्मेदवार अर्जुनप्रसाद सिवाकोटीले अग्रता कायम गरिरहेका छन् । 
 

ad
ad