१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवीन गुरुङ संखुवासभा
२०७९ बैशाख ३० शुक्रबार २०:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभामा मतदान केन्द्र नजिकै बम विस्फोट, मानवीय क्षति भएन

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७९ बैशाख ३० शुक्रबार २०:५२:००

संखुवासभामा मतदान केन्द्र नजिकै बम बिष्फोट भएको छ । जिल्लाको चैनपुर नगरपालिका–४ खराङस्थित बालज्योति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रभन्दा करिब एक/डेढ सय मिटर टाढा सामान्य बम बिष्फोट भएको संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए । 

उनका अनुसार मतदान सकिएपछि मुचुल्का तयार पार्ने काम भइरहेको समयमा करिब पाँच बजेपछिको सामान्य आवाज आएको र उक्त स्थानमा प्रहरीको टोली घटनास्थलमा नै गएर अवलोकन गर्दा सुतली बम हो कि भन्ने आशंका गरिएको प्रहरी नायब उपरीक्षक सुवेदीको भनाइ छ । बम विष्फोटबाट कुनै पनि मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।