सप्तरीको डाक्नेश्वरी नगरपालिकाको एक मतदानस्थलमा तोडफोड भएको छ । मतदानस्थल तोडफेडका क्रममा मतदान अधिकृतमाथि समेत कुटपिट भएको छ । नगरपालिकाको वडा नम्वर २ स्थित हरिरबा जनता मावि मतदानस्थलमा केही व्यक्तिहरूले अचानक मतदान अधिकृत विपिन यादवलाई कुटपिट गर्दै मतपेटिका तोडफोड गरेका हुन् ।
कुटपिटबाट मतदान अधिकृत यादव घाइते भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले बताए । यादवलाई उपचारको लागि राजविराज पठाइएको छ भने घटनापछि तत्कालका लागि मतदान स्थगित गरिएको छ ।